नबिल बैंकको हिमालय क्यापिटलका नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा



२०७९ मंसिर २७ गते ०९:५५ | Dec 13, 2022


काठमाडौं। नबिल बैंकको तीन लाख कित्ता सेयर एक कम्पनीले बिक्रीमा राखेको छ। संस्थापक सेयरधनीमध्येको हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रालिका नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता सेयर बिक्रीमा आएको हो।

Tata
Global Ime

उक्त सेयर खरिदका लागि पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ। खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

आवेदन ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालमा आइपुग्ने गरी पेस गर्नु पर्नेछ।

हिमालय क्यापिटलले केही समयअघि सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएको थियो। उक्त प्रस्तावलाई बैंक संचालक समितिको बैठकले स्वीकृत गरेपछि सेयर बिक्री प्रक्रिया अघि बढेको हो।

पहिलो चरणको बिक्री खुला गरिएको ३५ दिनभित्र विद्यमान संस्थापकले सेयर खरिद गर्न इच्छा नदेखाए बैंकले अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्रीका लागि बाटो खुला गर्ने छ।