प्रभु बैंकको ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, किनबेच सिलबन्दी बोलकबोल मार्फत



२०७९ मंसिर २७ गते ११:४० | Dec 13, 2022


प्रभु बैंकको ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, किनबेच सिलबन्दी बोलकबोल मार्फत


काठमाडौं। प्रभु बैंकको ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको सो सेयर बिक्री आह्‍वान गरेको हो। 

Tata
Global Ime

सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गरिने भएको छ। इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्।

विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।  

सेयरको न्युनतम मूल्य बैंकले १२६ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।

यस्तै, न्युनतम १० हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलकबोल मंसिर २८ देखि खुला हुनेछ। बोलकबोलमा पुस १३ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।