बजाजले नेपालमा १४ वटा मोडलका बाइकको मूल्य फेरि ५ हजारसम्म बढायो, यस्तो छ नयाँ मूल्यसूची



२०७९ मंसिर २७ गते १४:१३ | Dec 13, 2022


बजाजले नेपालमा १४ वटा मोडलका बाइकको मूल्य फेरि ५ हजारसम्म बढायो, यस्तो छ नयाँ मूल्यसूची


काठमाडौं। बजाजका मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले १४ वटा मोडलका बाइकहरुको मूल्य बढाएको छ।

Tata
Global Ime

कम्पनीले १४ वटा मोडलका बाइकहरुको मूल्य २ हजारदेखि ५ हजारसम्मले बढाएर नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

त्यसमा मोडल अनुसार कम्पनीले २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म मूल्यवृद्धि गरेको हो।

मूल्यवृद्धि भएका मोडलमा प्लाटिना, डिस्कभर, पल्सर १२५, पल्सर १५०, पल्सर एनएस १६०, पल्सर २०० एफ, एनएस २००, पल्सर २५० एन, एभेन्जर १६०, एभेन्जर २२०, डोमिनार २५० र डोमिनर ४०० रहेका छन्।

यसमा सबैभन्दा धेरै पल्सर एनएस र डिस्कभर बाइकमा ५ हजारसम्मले मूल्य बढाएको छ। अब एनएस २०० एबीएसको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ कायम गरिएको छ। यसभन्दा अघि यसको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ थियो।

यसैगरी डिस्कभर १२५ एसटीको नयाँ मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ पुगेको छ। यसको पुरानो मूल्य २ लाख ३० हजार ९०० रुपैयाँ थियो।

यस्तो छ नयाँ मूल्य सूची