नेपालगन्जमा टीभीएसको अपाचे ओनर स्ग्रुप राइड सम्पन्न



२०७९ मंसिर २७ गते १४:४४ | Dec 13, 2022


नेपालगन्जमा टीभीएसको अपाचे ओनर स्ग्रुप राइड सम्पन्न


काठमाडौं। टीभीएसको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्जमा अपाचे ओनर स्ग्रुप राइड सम्पन्न गरेको छ। कम्पनीले नेपालगन्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनरस्ग्रुप (एओजी) राइडको आयोजना गरेको थियो।

Tata
Global Ime

उक्त राइडमा ३७जना राइडरहरुको सहभागिता रहेको थियो। उक्त आयोजनामा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भएका थिए।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गर्दै आएको छ। अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

राइडका एक सहभागीले नेपालगन्ज यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुने गरेको बताउँछन्। 'जगदम्बा मोटर्स्लाई नेपालगन्जमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं,' उनले भने, 'यसले हामीलाई भविष्यमा पनि यस्तै खालका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ।'

एओजी, अपाचे बाइक भएका राइडरहरूको ग्रुप हो। भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस ग्रपले सम्पूर्ण राइडरहरुलाई एक जुट बनाएर विभिन्न यस्ता कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ।