गत मंसिर ४ गते भएको चुनावको अन्तिम मत परिणाम आज घोषणा गर्दै निर्वाचन आयोग



२०७९ मंसिर २८ गते ०९:२४ | Dec 14, 2022


गत मंसिर ४ गते भएको चुनावको अन्तिम मत परिणाम आज घोषणा गर्दै निर्वाचन आयोग


काठमाडौं। निर्वाचन आयोगले बुधबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा  निर्वाचनको अन्तिम मत परिणाम घोषणा गर्ने भएको छ। आयोगले परिणाम घोषणाका लागि आज पत्रकार सम्मेलन गर्दैछ।

Tata
Global Ime

'२०७९ मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने सम्बन्धमा आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको हुँदा सञ्चारकर्मी मित्रहरूको उपस्थितिको लागि अनुरोध छ,' आयोगले भनेको छ।

प्रतिनिधि सभातर्फ सातवटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि आयोगले सच्याउन आग्रह गरेको थियो।

सबै ठाउँको सच्याउने काम सकिएकाले बुधबार अन्तिम मतपरिणाम सार्वजनिक गर्न लागिएको निर्वाचन आयोग समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।