
काठमाडौं। नेपाल टेलिकमले पुल्चोकको ग्राहक सेवा केन्द्र स्थानान्तरण गर्दै जावलाखेल सारेको छ।
टेलिकमले पुल्चोक कार्यालयबाट नयाँ सिमकार्ड वितरणदेखि अन्य ग्राहकसम्बन्धि सेवा लामो समयदेखि दिँदै आएको थियो।
अब भने पुल्चोकमा रहेको ग्राहक सेवा केन्द्रलाई जावलाखेलको आफ्नै भवनमा सारिएको टेलिकमले जनाएको छ।
टेलिकमले पुस १ गतेदेखि दूरसञ्चार कार्यालय पाटन जावलाखेलबाट ग्राहक सेवा केन्द्र सञ्चालन गर्नेछ। टेलिकमको जावलाखेल भवनमा सूचना प्रणाली सहयोग निर्देशनालय (आइएसएसडी) छ।