आयात प्रतिस्थापनमा प्रगति भइरहेको भएपनि पर्याप्त भने छैन: अर्थमन्त्री जनार्दन शर्मा



२०७९ मंसिर २८ गते १२:०७ | Dec 14, 2022


आयात प्रतिस्थापनमा प्रगति भइरहेको भएपनि पर्याप्त भने छैन: अर्थमन्त्री जनार्दन शर्मा


काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनमा प्रगति गरिरहेको भएपनि पर्याप्त भने नरहेको बताएका छन्। 

Tata
Global Ime

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आयात प्रतिस्थापन गर्न सबैसँग हातेमालो आवश्यक भएको भन्दै अब सधैं विदेश गएर नहुने बताए। उनले सेवा निर्यातलाई पनि हेर्नुपर्छ बताएका छन्। 

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी थिए। 

'निजी क्षेत्र एकै रथको दुई पांग्रा हो। निजी क्षेत्रलाई उपेक्षा नगरियोस् भन्ने चन्द्र ढकालको भनाइमा म सहमत छैन। गभर्नर साब यहीँ हुनुहुन्छ। हामीले मिलेर सुधारका प्रयास गरिरहेका छौं,' अर्थमन्त्री शर्माले भने, 'अहिले निजी क्षेत्र केही समस्यामा छन् तर हामी सधैं सँगै छौं। हामीले हाम्रो नीतिमा पनि निजी क्षेत्रलाई विशेष जोड दिएका छौं। बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएका छौं।'