गुराँस लघुवित्तको लाभांश दर ह्‍वात्तै घट्यो, अघिल्लो वर्ष १७.८०% दिएकोमा यसपटक ४.२१ प्रस्ताव



२०७९ मंसिर २८ गते १३:२४ | Dec 14, 2022


गुराँस लघुवित्तको लाभांश दर ह्‍वात्तै घट्यो, अघिल्लो वर्ष १७.८०% दिएकोमा यसपटक ४.२१ प्रस्ताव


काठमाडौं। गुराँस लघुवित्तको लाभांश दर ह्‍वात्तै घटेको छ। पोहोर १७.८० प्रतिशत लाभांश बाँडेको लघुवित्तले गत आर्थिक वर्षका लागि ४.२१ प्रतिशत मात्र प्रस्ताव गरेको छ।

Tata
Global Ime

सञ्चालक समितिले ४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ। बाँकी कर प्रयोजनका लागि हो। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको हो।

हाल लघुवित्तको चुक्ता पुँजी ९ करोड ७५ लाख रुपैयाँ छ। बोनस वितरणपछि चुक्ता पुँजी १० करोड ११ लाख रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

धनकुटामा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तको पूर्वका १२ जिल्लामा कारोबार सञ्जाल छ।