सिजी ब्राण्डमा घरायसी सामाग्रीको नयाँ लाइनअप बजारमा, टीभी, फ्रिज र एसीका नयाँ मोडल आयो



२०७९ मंसिर २८ गते १५:३६ | Dec 14, 2022


काठमाडौं। सिजीले घरायसी प्रयोजनका बिभिन्न सामाग्रीहरुको नयाँ मोडलहरु बजारमा ल्याएको छ। सिजी ब्राण्डमा एयर कन्डिसनर, टेलिभिजन, फ्रिज, माइक्रोवेभ तथा अन्य साना घरायसी सामानहरुको नयाँ मोडल बजारमा आएको कम्पनीले जानकारी दिएको छ।

Tata
Global Ime

सिजीले वाल माउण्ट एयर कन्डिसनरमा १.०, १.५ र २.० टनमा नयाँ मोडलहरु थप गरेको बताएको छ। यी एयर कन्डिसनरहरुमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने, अटो रि स्टार्ट, डि–ह्युमिडिकेसन फङ्सन, अटो डिफ्रोस्ट तथा स्लिप जस्ता  फङ्सन रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

सिजीले ५५ इन्च र ६५ इन्चमा नयाँ टेलिभिजन सेटका मोडलहरु समेत ल्याएको जनाएको छ । यी टेलिभिजन सेटमा गुगल सर्टिफाईड एन्ड्रोइड ११ सिस्टम रहेको बताइएको छ।  बेजल लेस र धेरै पातलो स्वरुप भएको कारण निकै आकर्षक देखिने यी टेलिभिजन सेटमा उत्कृष्ट पिक्चर क्वालिटी तथा डल्बी डिजिटल प्लस साउन्ड सिस्टम छ। कम्पनीका अनुसार  स्टेरियो स्पिकर तथा टुवे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदमै राम्रो सुनिन्छ ।

आफ्नो स्मार्ट टि.भी. सेक्सनमा पनि सि.जी.ले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टि.भी.हरुको लाईनअप थप गरिएको बताएको छ ।

यसैगरी सिंगल डोर फ्रिजहरुमा पनि सि.जी.ले २ वटा नयाँ मोडलका फ्रिज ल्याएको छ।  एन्टी–बि टेक्नोलोजी,  ठूलो भेजिटेबल ट्रे तथा लो भोल्टेज स्टार्टअप यसको प्रमुख विशेषता भएको कम्पनीले जनाएको छ।  कम्पनीले यो फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेण्टी पनि दिएको छ।  

त्यस्तै माईक्रोवेभ ओभनमा पनि सोलो सेक्सनमा २० लिटर क्षमतामा नयाँ ओभन थप गरिएको छ । यो ओभनमा मल्टिपल पावर टेक्नोलोजी, ग्लास टर्न टेबल तथा डिफ्रोस्टजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ।

त्यस्तै सि.जी.ले आफ्ना साना घरायसी सामाग्रीहरुमा पनि नयाँ मोडलहरु थप गरेको जानकारी दिएको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ/इलेक्ट्रोनिक कुलिङ थप गरेको छ । कम्पनीका अनुसार यो डिस्पेन्सर सि.जी.को आफ्नै प्रिमियम प्रोडक्टहरुको सेग्मेन्ट, सि.जी. मेरिडिया अन्तर्गत पर्दछ । यसमा पानी आउने तीनवटा छुट्टाछुट्टै धाराहरु रहेका छन् । जसमा नर्मल, तातो र चिसो पानी आउने गर्दछ । यो डिस्पेन्सरमा एल.ई.डि. इन्डिकेटर लाईट छ जसले गर्दा पावर, हिटिङ, कुलङ र पानी रहेको वा नरहेको संकेत गर्दछ । यो बटमलोड वाटर डिस्पेन्सर भएको कारण  ठूला ठूला पानीका जारहरु उचालेर राख्ने झन्झटबाट मुक्ति मिल्ने पनि कम्पनीले बताएको छ।