
काठमाडौं । सात बर्षदेखि दूरसञ्चार सेवा प्रदान गर्दै आएको स्मार्ट टेलिकमले साथसाथ योजना शुरु गरेको छ । यो सेवाअन्तर्गत स्मार्टका ग्राहकले ९९ रुपैयाँमा दुई वटा सिम कार्ड प्राप्त गर्ने, कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । यो योजनामा २५ रुपैयाँको व्यालेन्स पनि उपलब्ध हुने जानकारी दिएको छ । कम्पनीले साथसाथ सेवाअन्तर्गत प्राप्त सिम कार्डबीच कुराकानी गर्दा प्रतिमिनेट २५ पैसा मात्र लाग्ने जानकारी दिएको छ ।
कम्पनीले आप्mना ग्राहकलाई थप सुविधा प्रदान गरी हरेक १०० रुपैयाँको रिचार्जमा स्मार्ट नेटवर्क भित्र थप १०० रुपैयाँ बराबरको तथा अन्य नेटवर्कमा प्रयोग हुने गरी ५० रुपैयाँ बराबरको टकटाईम उपलब्ध गराईएको जानकारी दिएको छ ।
कम्पनीले यो योजनामा स्मार्ट नेटवर्क भित्र थप वटा ५० एसएमएस सुविधा पनि प्राप्त हुने जानकारी दिएको छ । कम्पनीले बेलुकी १० बजेदेखि बिहान ६ बजे सम्म स्मार्ट रात्री कल नामाकरण गरि उक्त समयमा स्मार्ट नेटवर्क भित्र २५ पैसा तथा अन्य सेवा प्रदायकमा एक रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको जानकारी दिएको छ । कम्पनीले यो सबै सेवा शुल्क कर बाहेक भएको पनि जानकाी दिएको छ ।