
काठमाडौं। सुनको मूल्यमा फेरि गिरावट आएको छ। अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर बुधवार ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला एघार सय ७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक घट्न थालेको छ। मंगलबार प्रतिऔंस १७२२.०८ डलर रहेको सुन बुधबार घटेर प्रतिऔंस १७०० डलर मा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतिऔंस १९.७१ डलरबाट घटेर १९. ३१ डलर भएको छ।