
काठमाडौं। प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो दसै-तिहारलाई लक्षित गरेर नयाँ अफर 'गन्तव्य खुशीयालीको' योजना ल्याएको छ।
कम्पनीका अनुसार यो योजनाअन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिन्छ। यस्तै सो अफरमा पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज-इन-हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिने कम्पनीले जनाएको छ।
यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना भाद्र ३० गते देखि देशभर सीमित अवधिको लागि मात्र लागू हुनेछ।
जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको छ।