
काठमाडौं। मूल्य वृद्धि दर ८.२६ प्रतिशत पुगेको छ। सरकार र राष्ट्र बैंकले सात प्रतिशत हुने लक्ष्यभन्दा माथि मूल्य वृद्धि पुगेको हो।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको आर्थिक अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले मूल्य वृद्धि उकालो लागेको जनाएको हो।
पोहोर साउनमा मूल्य वृद्धि दर ४.३५ प्रतिशत थियो। मूल्य वृद्धि दर लगभग दोब्बरले उक्लिएको हो। खाद्य तथा पेय पदार्थको ७.११ र गैरखाद्य तथा सेवातिरको ९.१८ प्रतिशतले मूल्य वृद्धि उक्लिएको छ।
गत असारमा मूल्य वृद्धि ८.०८ प्रतिशत थियो। साउनमा थप उक्लिएको हो। खाद्यभन्दा पनि गैरखाद्यतिरको मूल्य वृद्धि अधिक भएको हो।