सुन तोलामा २ सय घट्यो, बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँ, चाँदीमा सामान्य गिरावट



बिजमाण्डू
२०७९ कात्तिक २ गते ११:२५ | Oct 19, 2022


सुन तोलामा २ सय घट्यो, बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँ, चाँदीमा सामान्य गिरावट



काठमाडौं। सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

मंगलबार तोलामा एक सय रुपैयाँले बढ्दै प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँ निर्धारण भएको छ।

मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १६४६.६० डलरमा करोबार भएको छ। चाँदी प्रतिऔंस १८.६६ डलर छ।