काठमाडौं। सेयर बजार अब सात दिनपछि मात्र खुल्ने भएको छ। तिहार बिदा हुनुअघिल्लो दिन हरियो भएको बजार अब छठ मनाएपछि मात्र खुल्ने भएको हो।
आइतबार अन्तिम कारोबार भएर बन्द भएको सेयर बजार कात्तिक १४ गतेबाट मात्रै खुल्ने छ।
चाडपर्वको माहोलले सेयर बजारमा लगानीकर्ताको उपस्थिति पातलो भएपनि हरियो भएर बन्द भएको थियो। बजार १४.३५ अंक बढेर बन्द भएको हो।
दिनभरीमा जम्मा ५१ करोड ६८ लाख रुपैयाँको मात्र कारोबार भएको छ।


