
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ४५ दिने सुचना निकालेर अव्यवस्थित तारहरु हटाउन निर्देशन दिएपनि कार्यान्वयन नभएपछि ताकेता गर्दै पुन: सुचना निकालेको छ।
कात्तिक १५ गतेर सुचना निकालेर हटाउन निर्देशन दिएको भएपनि कार्यान्वयन नभएपछि समयभित्र नै सम्पन्न गर्न अनुरोध गरेको छ। विद्युतीय पोल प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर,को-एक्सियल केबल तथा जथाभावी झुण्ड्याइएको उपकरणहरु निर्धारित समयभित्र हटाउन निर्देशन दिएको छ।
तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरुको केबल लगायत उपकरणहरु प्राधिकरण आफैले हटाउने छ। सुचनामा नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १९ (ख) र १९ (छ) बमोजिम प्राधिकरण आफैँले हटाउने हुँदा यसबाट हुन सक्ने नोक्सानीका लागि इन्टरनेट/केबल टिभी/दुरसंचार सेवा प्रदायक स्वयंले जिम्मेवारी हुने उल्लेख छ।
जथाभावी तार र उपकरणहरु राखिएका कारण आगलागिको दुर्घटना बढेको र विद्युत प्रवाहमा समेत असर पुगेको प्राधिकरणका अधिकारीहरुको भनाई छ।