काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ। नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र बिक्री सह-प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो।
अपर तामाकोशीले चुक्ता पुँजीको शत् प्रतिशत हकप्रद सेयर वितरण गर्दैछ। कम्पनीले कुल १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने छ।
नागरिक लगानी कोष र अपर तामाकोशीबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
कोषले आफू मुख्य निष्कासन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटललाई सह-निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त्त गरेको हो।


