२० रुपैयाँमा १० ग्राम सुन जित्ने भन्दै मोबाइल प्रयोगकर्तालाई आयो एसएमएस, एनटीए अनुसन्धान गर्दै



२०७९ जेठ १५ गते ०९:३७ | May 29, 2022


२० रुपैयाँमा १० ग्राम सुन जित्ने भन्दै मोबाइल प्रयोगकर्तालाई आयो एसएमएस, एनटीए अनुसन्धान गर्दै


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय सुन जित्ने भन्दै मोबाइलमा आइरहेको एसएमएसप्रति सचेत हुन प्रयोगकर्तालाई आग्रह गरेको छ।

Tata
Global Ime

२० रुपैयाँमा १० ग्राम सुन जित्ने बम्पर अफर भन्दै उपभोक्ताहरुलाई आइरहेको एसएमएस प्रति सचेत रहन प्राधिकरणले आग्रह गरेको हो। 

उक्त एमएमएसका सम्बन्धमा प्राधिकरणले अनुसन्धान अघि बढाइसकेको पनि जनाएको छ। 

प्राधिकरणले एसएमएस ठगी, स्प्याम वा अन्य के नियतसहित पठाइएको हो भन्ने बारे अध्ययन गरिरहेको बताइएको छ।