सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि, आइतबार प्रतितोला ९३ हजार ६ सय, चाँदी ५ रुपैयाँ बढ्यो



२०७९ भदौ १९ गते १२:१२ | Sep 4, 2022


सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि, आइतबार प्रतितोला ९३ हजार ६ सय, चाँदी ५ रुपैयाँ बढ्यो


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

गत शुक्रबार एक सय घट्दा कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो। उक्त मूल्य यो महिनाकै सबैभन्दा कम थियो।

गत साताको पहिलो दिनका तुलनामा शुक्रबारसम्म आइपुग्दा सुनको ंमूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको थियो।

आइतबार चाँदी ५ रुपैयाँ बढेको छ। चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय १० रुपैयाँ भएको छ। शुक्रवार ५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७१२ ५० डलर र चाँदी प्रतिऔंस १८.०६ डलर छ ।