
काठमाडौं। तीन दिनदेखि सुनको मूल्य क्रमिक बढ्न थालेको छ। मंगलबारका लागि बजार मूल्य प्रतितोला ९४ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिनका तुलनामा तोलामा एक सय रुपैयाँ बढ्दै सोमबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम दिन घटेर प्रतितोला ९३ हजार रुपैयाँ भएको थियो।
चाँदी तोलामा १० रुपैयाँले बढेको छ। मंगलबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ कायम भएको छ। सोमबार ५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको मूल्यमा सामान्य बढोत्तरी छ। मंगलबार सुन प्रतिऔंस १७१५.४५ डलर र चाँदी १८.२७ डलर छ। सोमबार सुन प्रतिऔंस १७१२.३२ र चाँदी १८.०५ डलर थियो।