बालबालिकाको सूचना ‘लिक’ भएको भन्दै इन्स्टाग्रामलाई ५१ अर्ब बढी जरिवाना, मेटा पुनरावेदनमा



२०७९ भदौ २१ गते १४:२९ | Sep 6, 2022


बालबालिकाको सूचना ‘लिक’ भएको भन्दै इन्स्टाग्रामलाई ५१ अर्ब बढी जरिवाना, मेटा पुनरावेदनमा


काठमाडौं। इन्स्टाग्रामलाई बालबालिकाको गोपनियता भंग भएको आरोपमा ५१ अर्बभन्दा बढी (४० करोड ५० लाख युरो) जरिवाना तिर्न आदेश दिइएको छ।

Tata
Global Ime

आयरल्यान्डको डेटा प्रोटेक्सन कमिसनरले सो जरिवाना तिराउने निर्णय गरेको हो।

इन्स्टाग्रामले बालबालिकाको फोन नम्बर र इमेल नम्बर सुरक्षित राख्न नसकेको अधिकारीहरुले बताएका छन्। इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले जरिवानाको उक्त निर्णयविरुद्ध पुनरावेदनमा जाने जनाएको छ।

मेटाले एक वर्ष पुरानो सेटिङहरुको आधारमा अनुसन्धान भएको भन्दै आफूहरुले बालबालिका र युवाहरुको सूचना गोप्य राख्न धेरै नयाँ फिचर ल्याइसकेको दाबी गरेको छ।