—
एउटा लगानीकर्ताको हिसाबले नाफा धेरै सानो अंश हो । कम्पनीको खर्च धेरै क्षेत्रमा हुन्छ । जस्तो हामीले पूर्वाधार र मानव संशाधनमा लगानी गरिरहेका हुन्छौ । सिप्रदी नौ सय जनाको परिवार छ । उनीहरुलाई विभिन्न तालिम दिन्छौ । हामी मुलुकभित्रका सबैभन्दा राम्रो तलब सुविधा दिने कम्पनीभित्र पर्छौ । हामी गर्व पनि गछौं । हाम्रो कम्पनीमा उत्कृष्ट कर्मचारी कार्यरत छन्
—
रविभवनमा ८० कोठाको होटल हुनेछ । झन्डै तीन अर्बको हाराहारीमा लगानी गरेर निर्माण हुने होटलका लागि हामी अहिले कुन ब्रान्ड ल्याउने भन्ने चरणमा छौ । हामीले ल्याउन खोजेको विश्वबजारको सबैभन्दा उत्कृष्ट ब्रान्डहरु हो जुन महँगोमा पर्छन् । कुन ब्रान्ड ल्याउँदा नेपालमा राम्रो हुन्छ र साझेदारलाई पनि भनेर मूल्यांकन गरिरहेका छौ । एउटा राम्रो संकेत के छ भने विश्वको केही उत्कृष्ट ब्रान्ड हामीसँग साझेदार गर्न प्रतिवद्व छन् ।
—
सिप्रदी, भोटेकोशी, सूर्य नेपाल, अमरावती इन्टरनेशनल जस्ता दर्जनभन्दा बढी कम्पनीमा सिद्धार्थ शम्सेर जवरा परिवारको लगानी छ । नेपालमा सबैभन्दा बढी व्याक्तिगत आयकर तिर्ने सिद्धार्थले नेतृत्व गर्ने कम्पनी अर्बौं रुपैयाँ मुनाफा गर्छन् । उनले नेतृत्व गर्ने कम्पनीका कर्मचारी संधै हँसमुख देखिन्छन्, उनी आफै पनि भन्छन्, मुलुकभित्र कर्मचारीलाई हामी सबैभन्दा बढी तलव सुविधा दिनेमा पर्छौं । तर उनै सिद्धार्थ मिडियामा भने ‘साइ’ छन्, मिडियामा आउँदै नआउने त होइन्, तर हामी कमै आउँछौं, उनले बिजमाण्डूसँगको एक्सक्लुसिभ कुराकानीमा भने । राणालाई विजमाण्डूका विज्ञान अधिकारीले सोधे, तपाईंले ठूलो जलविद्युत आयोजना निर्माणका लागि नेतृत्व गर्ने दिन आएन ?
हामीले हेर्यौं भने नेपालको विकासका सूचकांक कम नै छ । जुन सूचकांकमा हेरे पनि कम नै हो । यसको अर्थ सहश्राब्दी विकास लक्ष्यमा हेर्दा प्रगति नभएको होइन् । मातृमुत्युदर, शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालले धेरै प्रगति गरेको छ ।
तर न्यूनतम पूर्वाधार र आवश्यकतामा हेर्यो भने धेरै कम छ । कुल जनसंख्याको शुन्य दशमलव पाँच प्रतिशतसँग मात्रै सवारी साधन छ । हामी के विश्वास गर्छौ भने भबिष्यमा यो क्षेत्रले मात्रै प्रगति गर्न सक्छ ।
प्रत्येक नेपालीको आकांक्षा आफ्नो जीवनस्तर सुधार्ने नै हुन्छ । त्यसलाई पूरा गर्न यातायात एउटा महत्वपूर्ण साधन हो । त्यसैले हामीले दीर्घकालिन लक्ष्यसहित लगानी गरेका हौ त्यसैले हामीले एगे्रसिभ लगानी गरेका छौ । हाम्रो पहिलो उदेश्य उपभोक्ताको आवश्यकतालाई परिपूर्ति गर्नु हो । दोस्रो यो क्षेत्रमा प्रतिस्पर्धा गर्नु पनि हो । भबिष्यमा हाम्रो क्षमता भनेको पूर्वाधार र मानव संशाधन भएकोले यसमा नै लगानी गरेका हौ ।
सिप्रदीले वार्षिक १५/२० अर्बको कारोबार गर्छ । र यो क्षेत्रमा आफुले कमाएको मुनाफा अन्यत्र नलगी यही लगानी गरिरहेको छ । हामी यसलाई यसरी हेरौं, अटोमोबाइल क्षेत्रमा भविष्यमा ठूलो विस्तार हुने सम्भावना छ ।
एउटा लगानीकर्ताको हिसाबले नाफा धेरै सानो अंश हो । कम्पनीको खर्च धेरै क्षेत्रमा हुन्छ । जस्तो हामीले पूर्वाधार र मानव संशाधनमा लगानी गरिरहेका हुन्छौ । सिप्रदी नौ सय जनाको परिवार छ । उनीहरुलाई विभिन्न तालिम दिन्छौ । हामी मुलुकभित्रका सबैभन्दा राम्रो तलब सुविधा दिने कम्पनीभित्र पर्छौ । हामी गर्व पनि गछौं । हाम्रो कम्पनीमा उत्कृष्ट कर्मचारी कार्यरत छन् । हामी के विश्वास गछौं भने कमाएको मुनाफा कम्पनीमा लगानी गर्नुभएन भने व्यवसायप्रतिको प्रतिवद्वता पनि रहँदैन । बजार विस्तार त अवश्य नै हुन्छ ।
नेपालमा केही थोरै घरानाभित्र तपाईहरु पर्नुहुन्छ जो असल व्यवसायिक अभ्यासका आफ्नो कम्पनी अगाडी बढाइरहनुभएको छ । यतिबेला राजनीतिक कोर्षबाट अगाडी बढेर स्थायित्वतिर गइरहेको छ । धेरै व्यवसायिक घरानाले लगानीको प्रतिवद्वता गरिरहेका छन् । तपाईहरु के सम्भावना हेरिरहनुभएको छ ?
हाम्रो अहिले जहाँ लगानी भैरहेको छ, त्यो क्षेत्रमा हामी थप लगानी विस्तार गर्दैछौ । नयाँ व्यवसाय भनेको हस्पिटालिटी क्षेत्र हो । तर अहिलेसम्म हामीले कोसँग र कुन तहसम्म जाने भन्ने निर्णय गरेका छैनौ । पूर्वाधार र जलविद्युत क्षेत्रमा हामीले धेरै लगानी गर्न सक्छौ ।
तर नेपाल विद्युत प्राधिकरणले सय मेगावाटसम्मका परियोजनाको विद्युत खरिदका लागि जुन महशुलदर तोकेको छ, त्यो महसुलका आधारमा जलविद्युतमा लगानी गर्न असम्भव नै भयो । २५ देखि एक सय मेगावाटसम्मको आयोजनाहरुलाई उनीहरु वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा दिने भन्छन् । त्यो महशुलका आधारमा परियोजना विकास गर्यो भने आन्तरिक प्रतिफल ७ प्रतिशत पनि हुँदैन । राजनीतिक र सामाजिक जोखिमका आधारमा हेर्ने हो भने जसले लगानी गर्छ त्यो पनि डुब्छ र लगानी गर्ने बैंकहरु पनि डुब्छ भन्ने हाम्रो बुझाई हो ।
तपाईहरुको लगानी भएको भोटेकोशीमा राजनीतिक समस्या भोग्नु भयो । यही राजनीतिक हस्तक्षेपका कारण जलविद्युतमा लगानी नगर्ने सोच बनाउनुभएको त होइन ?
राजनीतिक कारण होइन । नेपालको ल्यान्डस्केप हेर्यो भने वातावरण त्यही हो । त्यतिबेला हामी दुखी थियौ भने नेपालका अरु क्षेत्रमा कति दुखी हुन्छन् । यो एउटा वातावरण र ल्यान्डस्केप एउटा अंग भइसक्यो ।
हामीलाई थाहा छैन यसमा परिवर्तन कहिले हुन्छ ? मुख्य कुरा वितीय सम्भाब्यता नै छैन । मलाई अहिले ठूला आयोजनामा प्रतिवद्धता आइरहेको छ नी नेपाल सरकारले त्यहाँ ध्यान दिन थाल्यो भने त्यो पनि ठीक हो ।
२० वटा आयोजनाको पीपीएमा हस्ताक्षर गर्नुभन्दा तीन वटा आयोजनाको पीपीए गर्नु त्यो पनि ठीक होला । यसले गर्दा जलविद्युत ठाउँ ठाउँमा भइदिए विकास पनि फैलिन सक्थ्यो । तर अहिलेको जुन महशुलदर छ, त्यो महसुलमा साना परियोजना विकास गर्न आर्थिक र वित्तीय रुपमा सम्भव छैन ।
प्रभाकर शम्शेर राणाले सार्वजनिक मन्तब्यको क्रममा सात सय डलरको प्रतिव्यक्ति आय दुई हजार डलरमा पुर्याउनका लागि बीस चालिस मेगावाट होइन हजार हजार मेगावाटमा लगानी गर्न आवश्यक छ भन्नुभएको थियो । तपाईहरुसँग भारतको ठूला घराना टाटासँग लामो समयदेखिको सहकार्य छ र तपाईहरु आफै पनि वित्तीय रुपमा सक्षम हुनुहुन्छ । यो समूहले ठूलो आयोजनाको नेतृत्व गर्नसक्ने अवस्था रहँदैन ?
हामीलाई ठूला आयोजनाका केही प्रस्तावहरु पनि आएका थिए । त्यसमा हाम्रो आफ्नो लगानी क्षमता चाँही सिमित छन् । नेपालको लागि हाम्रो समूह ठूलै देखिएला तर विश्वलाई छोडौ क्षेत्रीय हिसावबाट यो ठूलो होइन । टाटाले जलविद्युत होइन नविकरणीय उर्जाका लागि एसएन पावरसँग राम्रो साझेदारी छ ।
तामाकोशीमा स्ट्याटक्राफ्टले आयोजना विकास सम्झौंता गर्न लगानी बोर्डसँग छलफल गरिरहेको छ । त्यसको पछाडी टाटा नै छ । ठूला जलविद्युत आयोजनाको बारेमा मैले अहिले नै निश्चित गर्न सक्दिन् ।
हस्पिटालिटीको कुरा गर्दा तपाईहरुले दुई वर्षअघि रविभवनमा ठूलो जग्गा किनेर ठिक्क पारेर राख्नुभएको छ । यतिबेला हेर्दा काठमाडौंमा चार/पाँच वटा तारे होटेलको निर्माण हुने तयारीमा छ । तपाईहरु होटललाई कसरी अगाडी बढाउने योजनामा हुनुहुन्छ ?
रविभवनमा ८० कोठाको होटल हुनेछ । झन्डै तीन अर्बको हाराहारीमा लगानी गरेर निर्माण हुने होटलका लागि हामी अहिले कुन ब्रान्ड ल्याउने भन्ने चरणमा छौ । हामीले ल्याउन खोजेको विश्वबजारको सबैभन्दा उत्कृष्ट ब्रान्डहरु हो जुन महँगोमा पर्छन् ।
रविभवनको योजना भनेको कुन ब्रान्ड ल्याउँदा नेपालमा राम्रो हुन्छ र साझेदारलाई पनि भनेर मूल्यांकन गरिरहेका छौ । एउटा राम्रो संकेत के छ भने विश्वको केही उत्कृष्ट ब्रान्ड हामीसँग साझेदार गर्न प्रतिवद्व समेत देखिएका छन् ।
तर हामीले अहिलेसम्म कुनै निर्णय गरेका छैनौ । हामीसँग आउने ब्रान्ड मात्रै होइन उसको क्षमता र उनीहरुले यहाँ गर्ने सहयोग क्षमता हेरेर चाँडै निर्णयमा पुग्छौ ।
रविभवनमा होटल बनाउन तपाईं आफै सक्रिए भएर युरोपदेखि भारतसम्मका ठूला ब्राण्डसँग छलफल गरिरहनुभएको छ, के यो चाँढै टुङ्गो लाग्ला ?
पक्कै पनि यसका लागि विभिन्न चरणमा विभिन्न कम्पनीसँग छलफल भएको छ । भारतीय कम्पनीसँग पनि छलफल भएको छ, युरोपेली कम्पनीसँग पनि छलफल भएको छ । तर हामीले उत्कृष्ट ब्राण्डसँग साझेदारी गर्छौं । मैले भने पनि रविभवनमा ४२/४५ रोपनी जग्गामा हामी ८०/८५ कोठाको मात्रै होटल बनाउँछौं ।
तपाईहरुको समूह वाहेक नेपालमा ठूला व्यवसायिक घरानालाई हेर्ने आम दृष्टिकोण राम्रो छैन । तपाईहरुको समूहले असल व्यवसायिक अभ्यास गर्छ । यहाँ काम गर्ने कर्मचारी सधै खुशी मुडमा देखिन्छन्, तपाईं आफै देशको सबैभन्दा ठूलो व्याक्तिगत करदाता हुनुहुन्छ । यस्तो वातावरण कसरी तयार हुन्छ ?
यो तपाईले भन्नुभएकोमा धन्यवाद । आमजनताले राम्रो समूह भन्दा गर्व पनि लाग्छ । यो चाँही इन्हेरियन्ट गरेको हो । मेरो बुबा व्यवसाय रहनुहुँदा र छोड्दा आफ्नो रेपुटेशन र पारदर्शीतामा कहिल्यै पनि सम्झौंता नर्गनु भनेर मर्जी भएको थियो ।
व्यवसायमा कुनै पनि सर्टकट छैन । सफलताको पनि सर्टकर्ट छैन । यो भनेको दीर्घकालीन हो । बुबाको भनाई अनुसार पारदर्शीता, कानुनको सम्मान, कामदारको सम्मान, सरोकारवालाको सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई हामीले अंगाल्ने प्रयास गरेका छौ । गल्ती एकदुई ठाउँमा भएका होलान् । ती गल्तीलाई हामीले ज्ञानको रुपमा लिएर अघि बढेका छौ । हाम्रो समूहको चाहे त्यो सूर्य नेपाल होस् कर तिर्ने सबालमा होस् हामीले नैतिकताभित्र रहेर आफुलाई अघि बढाएका छौ ।


