
काठमाडौं। यती ब्रुअरीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ। स्पिरिट अफ द माउन्टेन्स' स्लोगनसहित प्रिमियम क्राफ्ट बियर उत्पादन गरेको कम्पनीले जनाएको छ।
यती ब्लण्ड बियरले हिमाली आभास झल्काउने र क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीले दावी गरेको छ।कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२% रहेको छ।
पुल-अफ क्यापसहितको बियर ३३० मि. लि. र ६५० मि. लि. को बोतलमा उपलब्ध छन् जसको मूल्य क्रमश १८० र ३५० रुपैयाँ राखिएको कम्पनीले जनाएको छ।