रुस्लान एफएम ९५.२ फेरि आयो स्रोतामाझ, ‘पहिलेभन्दा व्यवस्थित तरिकाले सञ्चालन हुने’ 



२०७९ जेठ १३ गते १५:०७ | May 27, 2022


रुस्लान एफएम ९५.२ फेरि आयो स्रोतामाझ, ‘पहिलेभन्दा व्यवस्थित तरिकाले सञ्चालन हुने’ 


काठमाडौं। रुस्लान एफएम ९५.२ मेगाहर्ज पुनः सञ्चालनमा आएको छ। गीतलाई मात्र प्राथमिकता दिने एफएम निकै रुचाइएको रेडियोमा पर्छ।

Tata
Global Ime

नयाँ-पुराना नेपाली गीत बजाउने एफफममा अब हिन्दी र अंग्रेजी गीत पनि सुन्न सकिने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'पहिलाभन्दा भव्य तरिकाले सञ्चालन हुने र हाम्रा स्रोताहरुको मनमा फेरि बस्ने सोचसहित हामी अघि बढेका छौं,' एफएमका प्रमुख बजार अधिकृत वैभव शर्माले भने। 

दिनहुँ बिहान ६ देखि राति १२ बजेसम्म प्रसारण हुने रुस्लान एफएममा बिहान ६ देखि ८ बजे 'वर्क आउट बीट्स,' ८ देखि ११ बजे 'रस आवर बीट्स,' ११ देखि ४ बजेसम्म 'चिल्ली बीट्स,' ४ देखि साँझ ७ बजेसम्म 'इन-ट्रेन्ड' र साँझ ७ देखि राति १२ बजेसम्म 'भाइब्रेन्ट बीट्स' गरी ५ फरक फरक प्रकारका कार्यक्रममा स्रोताले बिभिन्न प्रकारका गीत सुन्न सक्नेछन्।