
काठमाडौं। २०७८ फागुनसम्म इन्टरनेट ग्राहक घनत्व ११६.९१ प्रतिशत पुगेको छ।
चालु आव २०७८/७९ मा सरकारले इन्टरनेट ग्राहक घनत्वको लक्ष्य ९४ प्रतिशत राखेको थियो।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार संघीय संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार इन्टरनेट ग्राहक घनत्व लक्ष्यभन्दा निकै माथि पुगेको देखिन्छ।
निजी क्षेत्रसँगै सरकारी स्वामित्वको नेपाल टेलिकम इन्टरनेट सेवा विस्तारमा आक्रामक बन्दा इन्टरनेट ग्राहक घनत्व लक्ष्य नाघेको छ।