सुनचाँदीको मूल्य कमजोर, ५ सय घटेर सुन प्रतितोला ९६ हजार ३ सय, चाँदीमा १५ रुपैयाँको गिरावट



२०७९ साउन २२ गते ११:१३ | Aug 7, 2022


सुनचाँदीको मूल्य कमजोर, ५ सय घटेर सुन प्रतितोला ९६ हजार ३ सय, चाँदीमा १५ रुपैयाँको गिरावट


काठमाडौं। गत साताको अन्तिम दिनका तुलनामा आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट छ। सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँ घटेको छ। 

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो। 

यस्तै चाँदीको मूल्यमा पनि गिरावट छ। महासंघका अनुसार गत साताका तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ। आइतबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको १२ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्यमा गिरावट देखिएको छ। गत शुक्रबार प्रतिऔंस १७९२.५८ डलरमा कारोबार भएको सुन घट्दै आइतबार १७७४.९६ डलरमा आइपुगेको छ।

चाँदी पनि २०.३१ डलर प्रतिऔंसबाट घटेर कारोबार हुँदै १९.९० डलरमा आएको छ।