
काठमाडौं। सुनको मूल्य लगातार घट्ने क्रममा बुधबार ब्रेक लागेको छ। अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले बढेको छ।
बुधबारका लागि सुनको कारोबार मूल्य ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको दोस्रो दिनका तुलनामा मंगलबार ३ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँ बढेको छ। चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
मंगलबार ५ रुपैयाँ घट्दा प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १७३७.४१ डलर रहेको सुन बुधबार बढेर प्रतिऔंस १७५६ ७३ डलरमा कारोबार भइरहेको छ।
चाँदी पनि १९.०५ डलरबाट बढेर प्रतिऔंस १९ .१३ डलरमा कारोबार भइरहेको छ।