काठमाडौं। अन्तराष्ट्रिय बजारमा मूल्य घटेपनि स्थानीय बजारमा भने मूल्य बढेको छ । अघिल्लो दिनको तोलामा ५ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा ३ सय रुपैयाँले बढेर बजार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो ।
अन्तराष्ट्रिय बजारमा बिहीबार सुनको मूल्यमा थोरै घटेको छ । बुधबार प्रतिऔंस १७५६.७३ डलर रहेको सुन बिहीबार घटेर बिहीबार प्रतिऔंस १७५६.३२ डलरमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतिऔंस १९ .१३ डलर रहेको चाँदी बिहीबार १९.२६ डलर छ ।