दुई दिनपछि फेरि युरोले उछिन्यो डलरलाई, २० वर्षयताको इतिहास भने कायमै, कति पुग्यो डलर?



२०७९ भदौ १५ गते ०९:१३ | Aug 31, 2022


काठमाडौं। दुई दिनपछि नै युरोले फेरि अमेरिकी डलरलाई उछिनेको छ। गत असार २८ मै अमेरिकी डलर र युरोपियन मुद्राको भाउ बराबर आएपछि नेपाली रुपैयाँसँग तुलना गर्दा डलरले युरोलाई जित्न सकेको थिएन। गत सोमबार भने डलरले युरोलाई उछिनेको थियो।

Tata
Global Ime

बुधबार फेरि युरो माथि उक्लिएको छ। २० वर्षपछि डलर र युरो बराबरको अवस्थामा पुगेका थिए।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि प्रकाशित गरेको विनिमय दर अनुसार, एक डलर बराबर १२८ रुपैयाँ ९ पैसा कायम छ। यता एक युरो बराबर १२७ रुपैयाँ ६२ पैसा कायम भएको थियो। बुधबार एक डलर बराबर १२७.४३ रुपैयाँ र एक युरो बराबर १२७.९७ रुपैयाँ कायम भएको छ।

सीएनएनका अनुसार, यो चमत्कार २० वर्षपछि भएको हो। युरो जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो। बुधबार पुन: माथि उक्लिएको छ

पछिल्ला ५ महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते एक बराबर एकमा आएको थियो। रुस-युक्रेन युद्ध र कोभिड पछाडिको वैश्विक आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र युरो घट्ने भइरहेको छ।