सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सोमबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम



२०७९ कात्तिक २८ गते ११:४३ | Nov 14, 2022


सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सोमबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम



काठमाडौं। गत सातादेखि क्रमिक उकालो लागेको सुनको मूल्यमा  ब्रेक लागेको छ। आइतबारको तुलनामा सुन तोलामा एक सय रुपैयाँ घटेको छ। 

Tata
Global Ime

सोमबार सुनको बजार मूल्य प्रतितोला ९७  हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार प्रतितोला १२ सय ९५ रुपैयाँ छ। आइतबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँ कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७५९.४५  डलर छ भने चाँदी प्रतिऔंस २१.३२ डलरमा कारोबार भइरहेको छ। सुन आइतबार १७७०.७८ डलर र चाँदी प्रतिऔंस २१.७१ डलर  थियो।