
काठमाडौं। मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ।
सोमबार दिउँसो मेलम्चीको पाइप फुटेको हो।
शुक्रबारबाट मेलम्चीले काठमाडौंमा पुन: पानी वितरण सुरु गरेको हो।
सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध देखिएको छ।